महिलाहरु किन आफ्नो इच्छा बताउँदैनन् ?

0

कमठमाडौँ । अहिले अधिकांश महिलाहरु पुरुष सरह हरेक क्षेत्रमा अगाडि बढ्न थालेका छन् । आफ्नो क्षमता र लगनशीलताका कारण आज महिलाले गर्न नसक्ने काम केही छैन भन्ने प्रमाणित गरिसकेका छन् । आज हरेक क्षेत्रमा पुरुषभन्दा महिला कुनै कुराले पनि कम छैनन् । यद्यपि महिलाहरु आज पनि आफ्नो इच्छा बताउन अफ्ठ्यारो मान्छन् । आज पनि कतिपय महिलाहरु क्षमतावान हुँदाहुँदै पनि अगाडि बढ्न सकेका छैनन् । आफ्नो कुरा राख्न अथवा आफ्नो इच्छाअनुसार काम गर्न हिच्किचाउने गर्छन् । के कारण महिलाहरु आफ्नो इच्छा र कुरा बताउन हिच्किचाउँछन् त ?

आफूलाई रोक्ने कारण

५९ प्रतिशत महिलाहरु आफ्नो कुरा अथवा इच्छा प्रकट गर्दा अरुले आफूलाई के भन्छन्, के सोच्छन् भन्ने डरका कारण केही बताउँदैनन् । त्यस्तै ५८ प्रतिशत महिलाहरु अरुले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने सोचाइले केही बताउँदैनन् भने ५२ प्रतिशत महिलाहरु आफ्नो कुरालाई अरु व्यक्तिले नकारात्मक रुपमा लिन्छन् भन्ने सोचाइले केही भन्दैनन् ।

समाज अथवा परिवारले के भन्छ, आफ्नोबारे के सोच्छ र के प्रतिक्रिया दिन्छ भन्ने जस्ता कुराहरुले महिलालाई आफ्नो इच्छा अनुरुपको काम गर्न रोक्छ । आफू स्वयंलाई रोक्ने यस प्रकारको संकोचका अनेक रुप र नामहरु छन् । यसलाई महिलाहरुले भित्री मनको आवाज सोचे पनि यो एक किसिमको नकारात्मक सोचाइ हो । यस प्रकारको सोच महिलालाई अगाडि बढ्ने मार्गको सबैभन्दा ठूलो बाधा हो ।

त्यस्ता सोचाइहरु रातारात जन्मेका होइनन् । धेरै वर्ष अगाडिदेखि नै समाजले महिलाको दिमागमा नै यस्ता कुराहरु भरिदिँदै आएका छन् । यसका साथै समाजका तथाकथित परम्परावादी नियमहरु र महिला भएर के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने जस्ता कुराहरुको परिणाम नै आज महिलाहरु यस्ता धारणा र नियमहरुमा जकडिएका छन् ।

आफ्नो इच्छाअनुसारको काम गर्न महिलाहरु हिम्मत जुटाउन सक्दैनन् । उनीहरुलाई आफूले गरेको काममा केही गल्ति भयो भने सम्पूर्ण समाजले उसलाई दोषि ठहराउँछ भन्ने कुराको डर हुन्छ । यतिमात्र नभएर ४७ प्रतिशत महिलाहरु ठूलो समूहमा प्रश्न सोध्न पनि संकोच मान्छन् ।

व्यक्तिगत जीवनमा पनि १० महिलाहरुमध्य ४ महिलाहरु आफ्ना प्रेमीसँग भेट्न र कतै बस्न पनि आफूलाई रोक्ने गर्छन् । अन्य व्यक्तिले आफूलाई के भन्छन्, आफूप्रति कस्तो प्रतिक्रिया राख्छन् भन्ने डरका कारण यस्तो व्यवहार गर्छन् ।

महिलाहरु आफूलाई किन रोक्छन् ?

ठूलो समूहमा महिलाहरु आफूले सोधेको प्रश्न काम लाग्ने हुन्छ कि हुँदैन भन्ने सोच्छन् । यस्तो सोच्नु महिलालाई आफूमा विश्वास नभएर हो । आफू हाँसोको पात्र हुने हो कि भन्ने डरका कारण पनि महिला ठूलो समूहमा मनमा उठेका प्रश्न गर्न हिच्किचाउँछन् ।

कुनै पनि कुरा सोच्न धेरै समय लाग्ने भएकाले धेरै कामका अवसरहरु हातबाट निस्कने गरेको प्रायः महिलाहरुको अनुभव छ । आफूले दिएको रायलाई कुन रुपमा लिने हो, के भन्ने हो भन्ने डरका कारण उनीहरुमा यस्तो सोचाइको विकास भएको हो । उनीहरुलाई अरुको अगाडि आफ्नो छविमा नकारात्मक प्रभाव पर्ने हो कि भन्ने डर पनि हुन्छ ।

वास्तवमा महिलाले पहिरिएको पहिरन, उनीहरुको व्यवहार अथवा केटाहरुसँग गरिएको कुराकानी जस्ता धेरै कुराहरुप्रति समाजले उनीहरुको बारेमा विभिन्न धारणाहरु राख्ने गर्छन् । केही महिलाहरु त यस्ता कुरालाई बेवास्ता गर्छन् तर केहीलाई भने यस्ता कुरा अति नै महत्वपूर्ण हुने गर्छ । उनीहरु जे गर्दा पनि समाजले आफ्नोबारेमा के धारणा राख्छन् भन्ने सोच्छन् ।

महिलाले स्कुल(कलेजमा उत्कृष्ट नतिजा ल्याएर समाचार बने पनि जब जागिर र तलबको कुरा आउँछ, उनीहरु पछाडि पर्छन् । आफ्नो हक र अधिकार पनि उनीहरु सजिलै छोड्छन् । सरकारी जागिर बाहेक अन्य निजी कम्पनीहरुमा पुरुषको तुलनामा महिलाको तलब कम हुन्छ । काम उस्तै भए तापनि तलबको कुरामा महिलाहरु पछाडि पर्छन् ।

महिलालाई सानैबाट पुरुषको तुलना गर्नु हुन्न भनेर सिकाइन्छ । जति पाएकी छौ, त्यसमा सन्तोष गर्नुपर्छ भन्ने कुरा सिकाइएको हुन्छ । बाहिरी मानिसको अगाडि धेरै कराइरहनु हुँदैन । त्यस्ता पुरुष जो आफूभन्दा ठूलो अथवा सिनियर छन्, जसमा आफू निर्भर भएको छ, त्यस्ता पुरुषको अगाडि आफ्नो मुख खोल्नु हुँदैन । ‘पुरुष स्वामी हुन् र महिला दासी, त्यसैले कहिले पनि आफ्नो हकको कुरा गर्नु हुँदैन’ भन्ने जस्ता कुराहरुले महिला सधैं आफूलाई पुरुषभन्दा कमजोर सोच्न बाध्य हुन्छन् ।

आफ्नो इच्छा अनुरुप केही गर्न नसक्नु

एउटा पुरुषलाई कुन जागिर खाने भन्नेबारे आफ्नो परिवार र श्रीमतीलाई सोध्नुपर्ने आवश्यकता हुँदैन तर महिलालाई पढ्ने, काम गर्ने, कुनै काम सिक्न जान आफ्नो आमा(बुवादेखि दाइ, श्रीमान् र कुनै प्रसंगमा त समाजको समेत अनुमति लिनुपर्छ ।

महिलाहरुमा योग्यताको कमी हुँदैन । यद्यपि अमेरिकाको वाशिंगटन विश्वविद्यालयको एक वैज्ञानिकका अनुसार महिलाको मस्तिष्क उनको उमेरसँगैको पुरुषको तुलनामा तीन वर्ष तरुनो हुन्छ । त्यसैले महिलाको दिमाग लामो समयसम्म पनि तेजिलो हुन्छ ।

महिला हरेक कुराले दक्ष र क्षमतावान हुँदाहुँदै पनि उनले आफू खुशी केही निर्णय अथवा काम गर्न सक्दिनन् । यतिसम्म कि उनले आफूले कमाएको पैसामा पनि उनको अधिकार हुँदैन । उनले खुलेर अथवा आफू खुशी आफ्नो कमाइ खर्च गर्न सक्दिनन् ।

जुन महिलाले आफ्नो निर्णय आफैं गर्छन्, उनलाई उनको श्रीमान् अथवा आमाबुबाको प्रोत्साहन प्राप्त हुन्छ । त्यस्तै एकल महिलाहरुले पनि आफ्नो निर्णय आफै गर्छन् । तर हिजोआज आफ्ना बच्चाको शिक्षा, घर बनाउँदा अथवा किन्दा, आफ्नो सन्तानको विवाह गर्नुपर्दा जस्ता अन्य कुराहरुमा महिलाको राय सुझाव लिन थालिएको छ । पुरुषको तुलनामा महिलाहरुको आफ्नो बच्चाको लक्ष्यप्रतिको झुकाव बढी हुने भएकाले पनि महिलाहरुले यी अधिकार पाएका हुन सक्छन् ।

आज हाम्रो समाजमा महिलाले पनि धेरै कुराको निर्णय लिन सक्ने भएका छन् । प्रायः पुरुषहरुको कार अथवा घर किन्ने निर्णय अधिक हुन्छ भने महिलाहरु सुन र सुनबाट बनेका गहना, दैनिक आवश्यकताका सरसामान र टिभि, फ्रिज जस्ता टिकाउ सामान किन्ने निर्णय गर्छन् ।

यसरी महिला(पुरुष मिलेर हरेक कुराको निर्णय लिँदा घर(गृहस्थी राम्रोसँग चल्छ । महिलाहरुको आत्मविश्वास बढ्छ, पैसा र यससँग सम्बन्धित तनावहरु कम हुन्छ । त्यसैले महिला(पुरुष मिलेर नै वित्तीय योजनाहरु बनाउनु आवश्यक छ । त्यसैले महिलाले वित्तीय योजनामात्र होइन जीवनको सम्पूर्णमहत्वपूर्ण निर्णयमा महिलाले पनि राय सुझाव दिनु आवश्यक हुन्छ । यसरी महिलाले घरपरिवार साथै समाजमा आफ्नो स्थान प्राप्त गर्न सक्छिन् । एजेन्सी

प्रकाशित मितिः २०७६ भदौ १० मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション