काठमाडौं । अष्ट्रेलियन ओपनको महिला तर्फको उपाधिका लागि नाओमी ओसाका र जेनिफर बार्डीविच प्रतिस्पर्धा हुने भएको छ । करियरको २४ औं ग्राण्डस्लाम जित्ने सेरेना विलियम्सको लक्ष्य फेरीपछि अधुरो बनेको छ । सेमिफाइनलमा जापनीज खेलाडी नाओमी आसोकासँग पराजित भएपछि सेरेनालाई त्यो लक्ष्य पुरा गर्न अर्को प्रतियोगिता कुर्नुपर्ने भएको छ ।
मेलबर्नमा भएको खेलमा सेरेना नओमी ओसाकासँग दुई शुन्यको सोझो सेटमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरीएकी छिन् । ३९ बर्षे सेरेनालाई ओसाकाले छ तीन र छ चारको सेटमा पराजित गरिन् ।
१० औं बरियताकी सेरेनाविरुद्ध ओसाकाले पहिलो सेट छ तीनले जितेकी थिइन भने दोस्रो सेट छ चारले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान बनाइन् । अब उपाधिकालागि ओसाकाले कारोलिन मुचोभा र जेनिफर ब्राडीविचको विजेतासँग खेल्नेछिन् ।
अर्को खेलमा बार्डीले कोरालिना मुचोभालाई दुई एकको सेटमा हराइन् । चेक गणतन्त्रीकी कारोलिनाविरुद्ध बार्डीले पहिलो सेट छ चारले जितिन भने दोस्रो सेट तीन छ ले गुमाएकी थिइन् । तेस्रो सेटमा बार्डीले ६–४ ले जित्दै फाइनमा स्थान बनाइन । बार्डी पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेकी हुन् ।
प्रकाशित मितिः २०७७ फागुन ६ बिहीबार
Comments