काठमाडौँ । एरिक म्याक्सिम चौपो मोटिङ्गले डेब्यु खेलमा दुई गोल गरेपछि बायर्न म्युनिखले डीएफबी पोकलको पहिलो चरणमा सहज जित निकालेको छ । बिहिबार राति बायर्नले पाँचौ श्रेणीको क्लब डुरिनमाथि ३–० को जित दर्ता गरेको हो ।
खेलको २४ औं मिनेटमा मोटिङले बायर्नलाई खेलमा अग्रता दिलाएका थिए । थोमस मुलरले ३५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बायर्नको अग्रतालाई दोब्बर बनाउने काम गरे ।
दोस्रो हाफमा बायर्नले पाँचौ डिभिजनको क्लबमाथि खासै आक्रमण बुन्न सकेन । दोस्रो हाफमा मोटिङले केही गोलको सुन्दर अवसर गुमाएका थिए । ३१ वर्षिया फरवार्डले ७५ औं मिनेटमा गोल गर्दै बायर्नको जित सुनिश्चित गरेका थिए ।
अन्तराष्ट्रिय खेलका कारण प्रशिक्षक हान्सी फिलिकले टोलीमा ब्यापक परिवर्तन गरेका थिए । उनले बायर्नमा यसै सिजन आएका मोटिङ सहित ड्युगलस कोस्टा र मार्स रोसालाई प्लेईङ सेटमा राखेका थिए । जितसंगै बायर्न प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।
बार्यनले शनिबार बुन्डेसलिगा र बुधबार च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज ३० शुक्रबार
Comments