काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले आफ्ना मिडफिल्डर टोनी क्रुस घाइते भएको पुष्टि गरेको छ । शनिबार राति रियल बेटिसविरुद्धको खेलका क्रममा जर्मन स्टार क्रुसले चोट बोकेको रियलले जनाएको छ ।
ला लिगाअन्तर्गत साविकको विजेता रियलले बेटिसमाथि ३–२ गोलको जित निकालेको थियो । सो खेलको पहिलो हाफको इन्ज्युरी समय क्रुसले चोट बोक्दै मैदान छोडेका थिए । उनको स्थानमा लुका मोड्रिक मैदान प्रवेश गरेका थिए ।
रियलले स्वास्थ्य परीक्षणपछि क्रुस १० देखि १४ दिनसम्म मैदानबाहिर रहनसक्ने सम्भावना देखिएको जनाएको छ । क्रुसले राष्ट्रिय टोलीका खेल पनि गुमाउनसक्ने देखिएको छ ।
जर्मनीले मैत्रीपूर्ण खेलअन्तर्गत ७ अक्टोबरमा टर्कीसँग खेल्दैछ भने त्यसको तीन दिनपछि नेशन्स लिगअन्तर्गत युक्रेनसँग खेल्दैछ ।
प्रकाशित मितिः २०७७ असोज १३ मंगलबार
Comments