काठमाडौं । फर्मुला वान टिम रेसिङ पोइन्टका चालक सर्जियो पेरेजलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । रेसिङ पोइन्टले चालक पेरेजलाई कोरोना पोजेटिभ देखिएको पुस्टि गरेको छ ।
कोरोना देखिएपछि मेक्सिकन चालक पेरेजले ब्रिटिस ग्राण्ड प्रिक्स गुमाउने भएका छन् ।३० वर्षीय पेरेज कोरोना देखिने पहिलो फर्मुला वान चालक हुन् ।
उनी अहिले सेल्फ आईसोलेसनमा रहेको बताईएको छ । यस्तै रेसिङ पोइन्टले उनी पुर्णरुपमा स्वस्थ्य रहेको समेत बताएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन १६ शुक्रबार
Comments