काठमाडौैं । जियानलुईजी बुफोनले युभेन्ट्ससंग एक बर्षको सम्झौता थपेका छन् । क्लबका भेट्रान खेलाडी बुफोनले सिरि ए क्लबसंग एक बर्षको सम्झौता नविकरण गरेका हुन् ।
ईटालीका अन्तराष्ट्रिय खेलाडी बुफोन सम्झौता सकिदा ४३ बर्ष उमेरको पुग्नेछन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमा एक सिजन बिताएपछि बुफोन गत सिजन युभेन्ट्स फर्किएका थिए ।
उनले सन् २००१ मा युभेन्ट्सका लागि डेब्यु गर्दै ५ सय लिग खेलमा सहभागीता जनाएका छन् । उनले सन् १९९५ मा पार्माबाट ब्यवसायीक फुटबल करियर सुरु गरेका थिए ।
बुफोनले प्रमाणित गरेका छन्, उमेर भनेको मात्र अंक हो । क्लबले जारी गरेको बिज्ञप्तीमा भनिएका छ । युभेन्ट्सका कप्तान जर्जिगो चिलिनीले समेत क्लबसंग एक बर्षको सम्झौता नविकरण गरेका छन् ।
युुभेन्ट्सले सिरि ए फुटबलमा ४ अंकको अग्रता लिएको छ । लिगमा अझै १० चरणको खेल बाँकी छ । क्लब लगातार नवौं पटक लिग उपाधि रक्षा गर्ने अभियानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असार १६ मंगलबार
Comments