काठमाडौं । जर्मनीको दोस्रो डिभिजन क्लब डाइनामो ड्रेसडेनका थप दुई जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । डाइनामोले बिहिबार आफ्ना थप एक खेलाडी र एक कोचिङ स्टाफमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
यस अघि डाइनामोका दुई खेलाडीमा कोरोना देखिएको थियो । कोरोना देखिएपछि सम्पूर्ण खेलाडी र स्टाफलाई आइसोलेसनमा राखेको थियो ।
कोरोना देखिएका दुवै जनालाई आइसोलेसनमा पठाईएको समेत क्लबले जनाएको छ । यस्तै अन्य खेलाडीले भने शनिबारबाट प्रशिक्षण थाल्ने भएको छ । कोरोना भाईरसको महामारी जारी रहेपनि जर्मनी शीर्ष दुई डिभिजनका लगी गत शनिबारबाट सुचारु भईसकेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ ९ शुक्रबार
Comments