काठमाडौं । म्यान्चेष्टर सिटीका मिडफिल्डर डेबिड सिल्भा अल्पकालिन सम्झौताका लागि तयार देखिएका छन् । प्रिमियर लिग क्लबसंग मिडफिल्डर सिल्भाको सम्झौता अर्को महिना सकिदैछ । सोही कारण सिल्भा छोटो समयका लागि सिटीसंग नयाँ सम्झौता गर्न तयार देखिएका हुन् ।
ईतिहाद स्टेडियममा १० बर्ष बिताएका सिल्भा चालू सिजनको अन्त्यसंगै क्लब छाड्ने तयारीमा छन् । उनी डेबिड बेकह्यामको एमएलएस क्लब ईन्टर मियामीसंग जोडिएका छन् । सिल्भा क्लबसंग अल्पकालिन सम्झौता गर्दै सिटीमै रहन प्रतिबद्ध देखिएका छन् ।
क्लबले प्रिमियर लिगको बाँकी सिजनको तालिका हेरेर सिल्भासंग नयाँ सम्झौता प्रस्ताव गर्ने तयारी गरेको छ । सिल्भा केही समय सिटीमा सम्झौता थपेर ईतिहाद स्टेडियम क्लबबाट च्याम्पियन्स लिग जित्ने अभियानको सारथी बन्न चाहन्छन् ।
प्रिमियर लिगको उपाधि होडबाट निकै पछाडी परेको सिटीले च्याम्पियन्स लिगको उपाधिमा नजर लगाएको छ । उनले आफ्नो चम्किदो करियरमा च्याम्पियन्स लिगको उपाधि जित्न सकेका छैनन् ।
स्पेनिस प्लेमेकर सन् २०१० मा भ्यालेन्सियाबाट सिटी आएका थिए । उनको आगमनसंगै सिटी प्रिमियर लिगमा नयाँ शक्तिको रुपमा उदाएको थियो । उनी समेत सहभागी सिटीले चार प्रिमियर लिग, दुई एफ एकप, पाँच लिग कप जितेको थियो । उनले सिटीको जर्सीमा ४ सय बढी खेलमा प्रतिस्पर्धा गरेका थिए ।
प्रिमियर लिगका अधिकारी अबरुद्ध पुन सुरु गर्ने तयारीमा रहेका छन् । उनीहरु जुनको मध्य समयबाट अबरुद्ध सिजन सुरु गर्ने बिषयमा गृहकार्य गरिरहेका छन् ।
पेप ग्वार्डीओलाको क्लब सिटीले यस सिजन च्याम्पियन्स लिग र एफ ए कपको उपाधि होडमा चुनौती पेश गर्नेछ । प्रिमियर लिगका १० खेल बाँकी रहदाँ सिटी उपाधि होडबाट निकै टाढा छ । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ ७ बुधबार
Comments