काठमाडौँ । टोटेनहमका फरवार्ड सन ह्युङ मिनले दक्षिण कोरियामा यस महिनाको अन्तिमबा सुरु हुने चार हप्ताको सैन्य सेवामा सहभागी हुने भएका छन् ।
प्रिमियर लिग क्लब टोटेनहमले समाचारको पुष्टि गर्दै आफ्ना स्टार यस महिनाको अन्तिम सुरु हुने अनिवार्य रुपमा रहेको चार हप्ताको सैन्य सेवामा सामेल हुने बताएको छ ।
सबै दक्षिण कोरियाली पुरुषलाई २८ बर्षको उमेरसम्ममा सैन्य सेवा पुरा गर्न अनिवार्य गरिएको छ ।
दक्षिण कोरियाली फरवार्ड सन जुलाईमा २८ बर्षको पुग्दैछन् । पछिल्लो महिना उनलाई आफ्नो घर फर्कन अनुमती दिईएको थियो । उनको भाँचिएको हातको आराम गर्न उनलाई क्लबले छुट्टी दिएको थियो ।
टोटनहमले आफ्ना फरवार्ड सैन्य सेवा समाप्त गरेर आगामी मेमा लण्डन फर्कने जानकारी दिएको छ । उनी लण्डनबाट घर फर्किएपछि दुई हप्ता एकान्तवासमा बस्नुपर्नेछ ।
उनले दक्षिण कोरियालाई सन् २०१८ मा एसियाली खेलमा उपाधि जिताएका थिए । सोही कारण उनको २१ महिनाको सैन्य सेवामा छुट प्रदान गरिएको थियो । तर उनले चार हप्ताको सैन्य सेवा भने गर्नुपर्नेछ ।
प्रिमियर लिग फुटबलमा यस बर्षको सुरुवातमै एस्टनभिल्लाबिरुद्व ३–२ को जित निकाल्ने क्रममा उनको हात भाँचिएको थियो । लगत्तै उनको हातको शल्यक्रिया गरिएको थियो ।
टोटेनहमका प्रशिक्षक जोसे माउरिन्होलाई यस सिजन सन खेल्ने सम्भावना नरहेको बताएका थिए । कोरोना भाईरसका कारण प्रिमियर लिग समेत अनिश्चितकालका लागि स्थगित छ । एजेन्सी
प्रकाशित मितिः २०७६ चैत्र २५ मंगलबार
Comments