काठमाडौँ । सिरि ए क्लब खेलाडीको तलब एक तिहाईसम्म कटौटी गर्ने बिषयमा सहमत भएका छन् । महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट आर्थिक संकटमा रहेका क्लबहरु खेलाडीको तलब कटौती गर्ने निर्णय गरेका हुन् ।कोरोनाबाट ईटाली सबैभन्दा बढी प्रभावित मुलुक हो ।
ईटालियन प्लेयर्स युनियन एआईसी तलब कटौती गर्ने सहमतीमा पुग्न असफल भएको थियो । लगत्तै लिग क्लबहरुको सोमबार आपतकालिन बैठकले सो निर्णय लिएको हो ।
अवरुद्ध सिजन पुन सुरु भएको अवस्थामा तलबको छैटौ भाग करिब दुई महिना र सिजन रद्ध भएको अवस्थामा खेलाडीको रकम एक तिहाई कटौती गर्न क्लब सहमत छन् ।
लिग च्याम्पियन युभेन्ट्स मात्र तलब कटौतीको नयाँ प्रस्तावमा सहमत हुन सकेन । उसले यसअघिनै खेलाडीको तलब कटौती गरिसकेको छ ।
दुई हप्ता अघि उसले खेलाडी र प्रशिक्षकको करिब ४ महिनाको तलब कटौतीको प्रस्तावलाई खेलाडीबाट अनुमोदित गराईसकेको छ । खेलाडीसंगको सहमतीसंगै युभेन्ट्सलाई करिब ८१ मिलियन पाउण्ड राहत पुग्नेछ ।
बैठकपछि जारी गरिएको बिज्ञप्तीमा भनिएको छ, ‘ईटाली र विदेशमा श्रम लागत कम गर्ने उद्धेश्य अनुसार सिरि एले सर्वसम्मत निर्णय गरेको छ । युभेन्ट्सले अपवादको रुपमा पहिल्यै आफ्ना खेलाडीसंग एक सम्झौता गरिसकेको छ । खेलाडी, प्रशिक्षक र अन्य कर्मचारीको तलबको बिषयमा सहमती जुटेको छ ।’’
‘यो हस्तक्षप सबै ईटाली फुटबल प्रणालीको भविष्यको सुरक्षाका लागि आवश्यक छ । सम्झौलाई क्लबले सिधै आफ्ना कर्मचारी सदस्य समक्ष परिभाषित गर्नेछन् ।’ उसले भनेको छ । सिरि एले सिजन पुरा गर्ने आफ्नो उद्वेश्य रहेको समेत संकेत गरेको छ ।
‘सिजन पुरा गर्ने ईच्छा रहेको छ । बिना जोखिम खेल फर्काउन आवश्यक छ । स्वास्थ्य अवस्था सामान्य भएर सरकारले अनुमती दिएको खण्डमा लिग पुन सञ्चालन हुनेछ ।’ सिरि एले भनेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ चैत्र २५ मंगलबार
Comments