काठमाडौं । सन् १९८४ मा फ्रान्सलाई युरो कप जिताएका प्रशिक्षक मिसेल हिडाल्गोको निधन भएको छ । फ्रान्सेली फुटबललाई पहिलो पटक मुख्य प्रतियोगिता जिताएका हिडाल्गोको ८७ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए ।
उनले फ्रान्सलाई सन् १९७६ देखि १९८४ सम्म प्रशिक्षण दिएका थिए । आयोजक फ्रान्सले स्पेनलाई २–० ले पराजित गर्दै युरोपियन च्याम्पियन बनेपछि उनले प्रशिक्षक पद छाडेका थिए । एजेन्सी
प्रकाशित मितिः२०७६ चैत्र १४ शुक्रबार
Comments