काठमाडौँ । इटालियन क्लब एसी मिलानका लिजेण्ड पाओलो माल्दिनी र उनका छोरालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
इटालीका पूर्व कप्तान तथा मिलानका टेक्निकल डाइरेक्टर माल्दिनी र उनका छोरा डानिललाई कोरोनाको संक्रमण देखिएको हो ।
कोरोनाको संक्रमण देखिएपछि दुवै जना अहिले क्वारेन्टाइनमा रहेको क्लबले जनाएको छ । मिलानले माल्दिनी र डानिललाई कोरोना भएको पुष्टि गर्दै दुवै जनाको स्वास्थ्य अवस्था ठिक रहेको बताएको छ ।
५१ वर्षे माल्दिनीले क्लबका लागि ९ सय बढी खेल खेलेका थिए ।
यस्तै उनका १८ वर्षे छोरा डानिलले गत महिना मिलानको सिनियर टिममा डेब्यु गरेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७६ चैत्र १० सोमबार
Comments