काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम एनआरटीलाई हराएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा लिगको आफ्नो अन्तिम खेलमा शेर्पाले एनआरटीलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको ३० औ मिनेटमा एनआरटीले राजेश परियारको गोलबाट अग्रता बनाएको थियो । राजेशले डिबक्सको नजिकैबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।
खेलको ४१ औं मिनेटमा शेर्पाले बराबरी गोल फर्कायो । उसका विदेशी खेलाडी स्टेफन समिरले डिबक्स भित्रबाट तीन डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए ।
पहिलो हाफको ईन्जुरी समयमा शेर्पाले गोल गर्दै अग्रता बनाउन सफल रह्यो । त्रिदेव गुरुङले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दै शेर्पालाई अग्रता दिलाए ।
दोस्रो हाफमा थप गोल नभएपछि शेर्पा विजयी बनेको हो ।
शेर्पा क्लब १४ अंक सहित तालिकाको दशौं स्थानमा उक्लियो । एनआरटी १५ अंक सहित नवौं स्थानमा यथावत रह्यो ।
के भन्छन् प्रशिक्षक ?
शेर्पाका प्रशिक्षक संजिब बुढाथोकीले विविध कारणले लिग सोचे जस्तो नभएको बताए ।
सोचेजस्तो लिग भएन । कारण नखुलाउ, उनले भने, ठिकै छ । पहिलो पटक हो मेरो । अनुभव राम्रो भयो ।
एनआरटीका प्रशिक्षक राजु काजी शाक्यले अन्तिम खेलमा खेलाडीले मन लगाएर नखेलेको बताए ।
जित र हारले सुपर सिक्समा फरक नपर्ने हुँदा सिरियस भएनौ । त्यो सेन्स खेलाडीमा भएन, उनले भने, सिजनको बीचमा राम्रो भयो । फ्रेन्ड्ससँगको खेलपछि खराब भयो । केटाहरु पनि फरक भए । भने जस्तो खेल्न सकेनन् । केटाहरुको फुटबल सेन्स भएन ।
हिमालयन शेर्पा प्लेईङ सेट-
छिरिङ तामाङ लामा, मान बहादुर तामाङ,विजय श्रेष्ठ,स्टेफेन समिर,उल्रीच सीवी, त्रिदेभ गुरुङ,विशन गुरुङ,आशिष गुरुङ, चोप उची,कैलाश बस्नेत, सुनिल लामा
एनआरटी प्लेईङ सेट –
बिक्रम धिमाल, राजेश परियार, नबिन गुरुङ, दर्शन गुरुङ,सुजन शर्मा धिताल,पुजन होना, आन्द्रे थेरी,श्याम बाबु क्याप्छाली,अशोक थापा, सन्जिब श्रेष्ठ, तपन कार्की
प्रकाशित मितिः २०७६ फागुन ०२ शुक्रबार
Comments