काठमाडौ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल र अर्जेन्टिना भिड्ने भएका छन् । ब्राजिलले आफ्नो अर्को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनासँग खेल्ने घोषणा गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
खबरका अनुसार ब्राजिलले नोभेम्बर १५ मा अर्जेन्टिनाको सामना गर्ने भएको छ । अर्जेन्टिना र ब्राजिलबीचको खेल भने साउदी अरेबियाको रियादमा हुनेछ । यस खेलको समय भने तोकिएको छैन । यस्तै ब्राजिलले दक्षिण कोरियासँग पनि खेल्नेछ । ब्राजिल र दक्षिण कोरियाबीचको खेल भने नोभेम्बर १९ तारिखमा हुनेछ । युनाइेट अरब इमिरेट्स ९युएई०को अबुधाबीमा ब्रालिज र दक्षिण कोरियाले खेल्नेछन् ।
ब्रालिज र अर्जेन्टिनाबीचको खेलमा भने दुवै राष्ट्रका स्टार खेलाडीले सहभागिता जनाउन सक्नेछन् । नेयमारले हाल आफ्नो राष्ट्रका लागि खेलिरहेका छन् । यद्यपि, अघिल्लो खेलमा घाइते हुन पुगेका नेयमारले दुई साता आराम गर्नेछन् । र, पुनः मैदान फर्किनेछन् । यता, अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पनि अघिल्लो महिनादेखि अर्जेन्टिनाको टिममा फर्किनेछन् ।
अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले आफ्ना स्टार खेलाडी मेस्सी नोभेम्बर महिनादेखि टोलीमा फर्किने बताएका छन् । मेस्सीमाथि कोपाले तीन महिना अन्तर्राष्ट्रिय खेलबाट प्रतिबन्ध लगाएको थियो । ब्राजिलमा भएको ४६औं संस्करणको कोपा अमेरिकाका क्रममा आयोजकलाई भ्रष्ट भएको भन्दै अभिव्यक्ति दिएका कारण मेस्सीमाथि कन्मेबलले ३ महिनाका लागि प्रतिबन्ध लगाएको थियो ।
उक्त प्रतिबन्धपछि मेस्सीले चिली, मेक्सिको, जर्मनी र इक्वाडरविरुद्धको मैत्रीपूर्ण खेल गुमाएका थिए । तर, अब उनी ब्राजिलविरुद्धको खेलमा उनले सहभागिता जनाउने सम्भावना रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज २८ मंगलबार
Comments