काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा टोटेनहमले लज्जास्पद हार ब्यहोरेको छ । टोटेनहम घरेलु मैदानमा जर्मन क्लब बार्यन म्युनिखसंग ७–२ गोल अन्तरले पराजित भएको हो ।
सर्ज गनाब्रीले दोस्रो हाफमा एक्लै चार गोल गरेपछि टोटेनहमले घरेलु मैदानमा लज्जास्पद हार ब्यहोरेको हो । सन ह्युङ मिनले १२ औ मिनेटमा टोटेनहमलाई खेलमा अग्रता दिलाएका थिए । किमिचले १५ औ मिनेटमा खेल बराबरीमा ल्याए ।
रोबर्ट लेवान्डोस्कीले ४५ औ मिनेटमा पाहुना टोली बार्यनलाई खेलमा अग्रता दिलाउने काम गरे । गनाब्रीले ५३ औ मिनेटमा टोटनहमले ४–१ ले अघि बढाए ।
त्यसको दुई मिनेटपछि ब्यक्तिगत दोस्रो गोल गर्दै गनाब्रीले टोटनहमका लागि पाँचौ गोल गरे । ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोेटेनहमको गोल अन्तरलाई घटाउने काम गरे ।
तर गनाब्रीले ८३ औ मिनेटमा ह्याट्रिक पुरा गर्दै बार्यनलाई फराकिलो जिततर्फ अग्रसर गराए । खेल सकिन तीन मिनेट बाँकी छदाँ लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई ६–२ ले अघि बढाए । लगत्तै गनाब्रीले ब्यक्तिगत चौथो तथा बार्यनका लागि सातौ गोल गरे ।
आर्सनलका पुर्व खेलाडी गनाब्री च्याम्पियन्स लिगको दोस्रो हाफमा चार गोल गर्ने पहिलो खेलाडी बनेका छन् । टोटनहम १ सय ३७ बर्षको ईतिहासमा पहिलो पटक घरेलु मैदानमा ७ गोल ब्यहोरेको थियो ।
गत बर्षको उपविजेता टोटेनहम २ खेलबाट १ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रह्यो । बार्यन २ खेलबाट सतप्रतिशत जित निकाल्दै तालिकाको शीर्ष स्थानमा रह्यो । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज १५ बुधबार
Comments