काठमाडौँ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा उरुग्वे अमेरिकासँग बराबरीमा रोकिएको छ । बुधबार बिहान भएको खेलमा उरुग्वे र अमेरिकाले १-१ गोलको बराबरी खेलेको हो ।
अमेरिकामा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा उरुग्वेले बराबरी खेलेको हो । खेलको ५० औं मिनेटमा ब्रेन रोड्रिगेजले गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ७९ औं मिनेटमा जोर्डन मोरिसले गोल गर्दै अमेरिकालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
त्यसपछि थप गोल हुन सकेन र खेल बराबरीमा सकियो । अर्को मैत्रीपूर्ण खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेलेक छन् । इक्वेडरले भने बोलिभियालाई ३ -० ले हराएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ २५ बुधबार
Comments