काठमाडौं । आर्सनलले स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर ड्यानी स्याबालोसलाई लोनमा लण्डन क्लब ल्याउने भएको छ ।
२२ बर्षका मिडफिल्डर सन् २०१७ मा रियल मड्रिड आएका थिए । उनले रियलको जर्सीमा ५६ खेल खेलेका थिए । उनलाई अनुबन्धन गर्न आर्सनल र टोटेनहमले ईच्छा देखाईरहेका थिए ।
रियल बेटिसका पुर्व खेलाडी समेत रहेका आर्सनलमा आरोन राम्सीको स्थान लिनेछन् । राम्सी नयाँ सिजनसंगै ईटालियन क्लब युभेन्ट्स लागेका छन् ।
आर्सनलले सेन्ट एटिनेनका १८ बर्षिया सेन्टर ‘ब्याक’ विलियन सालिबालाई समेत अनुबन्धन गर्न गईरहेको छ । फ्रान्सका युवा डिफेन्डरका लागि २७ मिलियन पाउण्ड मुल्य राखिएको छ । सालिबा समेत लण्डन क्लब जान ईच्छुक देखिएका छन् । उनलाई समेत टोटेनहमले अनुबन्धनको ईच्छा देखाएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन ७ मंगलबार
Comments