काठमाडौ । इङ्ग्लिश प्रिमियर लिग फुटबलमा आज शनिबार विभिन्न ७ खेलहरु संचालन हुँदैछ । प्रिमियर लिगमा शनिबार उपाधि होडमा रहेका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, लेष्टर सिटी, एभर्टन लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
प्रिमियर लिगमा शनिबार हुने पहिलो खेलमा उपाधिको पहिलो दाबेदार म्यानचेस्टर सिटीले फुलहमसंग प्रतिस्पर्धा गर्नेछ । फुलहमको मैदानमा हुने खेल बेलुका ६स्१५ मा सुरु हुनेछ ।
फुलहमविरुद्ध मैदान उत्रदा सिटी जित निकाल्दै शीर्ष स्थानमा फर्कने योजनामा हुनेछ । दोस्रो स्थानको सिटीको ३० खेलबाट ७४ अंक रहेको छ । सिटी शीर्ष स्थानको लिभरपुल भन्दा २ अंकले पछि रहेको छ । लिभरपुलको ७६ अंक रहेको छ ।
फूलहमलाई सिटीले लिभरपुललाई एक अंकले पछि बनाएर शीर्ष स्थानमा फर्कनेछ । फुलहम १७ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । लिग अन्तर्गत नै शनिबार म्यानचेस्टर युनाईटेडले वाट्फोर्डसंग घरेलु मैदानमा खेल्नेछ । पाँचौ स्थानमा रहेको युनाईटेड जित निकाल्दै शीर्ष तीनमा पुग्ने लक्ष्यमा हुनेछ ।
युनाईटेडको ५८ अंक रहेको छ । आठौं स्थानको वाट्फोर्डको ४३ अंक छ । वाट्फोर्ड घरेलु टोलीलाई स्तब्ध बनाउने लक्ष्यमा हुनेछ । यस्तै लेष्टर सिटीले घरेलु मैदानमा बर्नेमाउथको सामना गर्नेछ । एभर्टनले वेष्ट ह्यामसंग उसैको मैदानमा खेल्नेछ । त्यस्तै शनिबार ब्राइटन र साउथहयाम्पटन, बर्नेली र वुल्भ्स तथा क्रिस्टल प्यालेस र हडर्सफिल्ड टाउनबीच खेल हुनेछ । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत १६ शनिबार
Comments