काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज जम्मा ८ खेल हुँदैछन् । जसमा आज बहुप्रतीक्षित एक खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेड आमनेसामने हुँदैछन् ।
जारी सिजनमा यी दुई ठूला आज पहिलोपटक भिड्न लागेका हुन् । खेल चेल्सीको घर स्टामफोर्ड ब्रीजमा हुनेछ । यो सिजन खराब लयमा रहेको युनाइटेडका लागि आजको खेल परीक्षा हुनेछ । आज खेलाडीमाथि जति दबाब हुनेछ, त्योभन्दा बढी कोच जोसे मोउरिन्होमाथि हुनेछ ।
यो सिजन आफ्नो लयमा नरहेको युनाइटेड पछिल्लो खेलबाट जितको बाटोमा फर्किएको छ । लिगको यसअघिको खेलमा उसले पछि परेको स्थिति उल्ट्याएर न्यु क्यास्टललाई ३–२ ले हराएको थियो ।
यता, चेल्सी भने यो सिजन लिगमा अपराजित रहेको छ । ८ खेलमा उसले २ खेल बराबरी गरेर ६ खेल जितेको छ । तर, युनाइटेडले समान ८ खेल खेलिसक्दा ४ खेल मात्रै जितेको छ भने एकमा बराबरी गर्दा ३ खेल हारेको छ । यतिबेला चेल्सी अंक तालिकाको दोस्रो स्थानमा हुँदा युनाइटेड भने आठौं स्थानमा रहेको छ ।
आज अवे मैदानमा चेल्सीविरुद्ध उत्रिँदा युनाइटेड जितको खोजीमा हुँदा चेल्सी भने घरमा जितका लागि लड्नेछ । खेल आज साँझ ५ः१५ बजेबाट सुरु हुनेछ ।
आज हुने अन्य खेल स
वेस्ट ह्यामरिुद्ध टोटनह्याम – ७ः४५ बजेदेखि
न्यु क्यास्टलविरुद्ध ब्राइटन – ७ः४५ बजेदेखि
बोउर्नेमाउथविरुद्ध साउथह्यामपटन – ७ः४५ बजेदेखि
कार्डिफ सिटीविरुद्ध फुलहाम – ७ः४५ बजेदेखि
उलभेजविरुद्ध वाटफोर्ड – ७ः४५ बजेदेखि
म्यानचेस्टर सिटीविरुद्ध बर्नली – ७ः४५ बजेदेखि
हुडर्सफिल्डविरुद्ध लिभरपुल – १०ः१५ बजेदेखि
प्रकाशित मितिः २०७५ कार्तिक ३ शुनिबार
Comments