१ असार । हिजोबाट रसियामा सुरू भएको २१औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज तीन खेल हुँदैछ । आजको पहिलो खेल समूह ए को दोस्रो खेल इजिप्ट विरुद्ध उरुग्वेको हुने छ । यी दुई देशको खेल नेपाली समयअनुसार साँझ ५ बजेर ४५ मिनेटमा रसियाको इकान्टेरिनवर्ग एरिना (सेन्ट्रल स्टेडियम) मा सुरु हुनेछ ।
त्यस्तै, दोस्रो खेल समूह बी को पहिलो खेलमा इरान र मोरक्को खेल्दैछन् । यी दुई देशको खेल नेपाली समयअनुसार राति ८ बजेर ४५ मिनेटमा रसियाको सेन्ट पिटर्सबर्ग रंगशालामा सुरु हुनेछ ।
यसैगरी आजको तेस्रो खेल समूह बी को दोस्रो खेल पोर्चुगल र स्पेनबीच हुनेछ । यी दुई देशको खेल नेपाली समयअनुसार राति ११ बजेर ४५ मिनेटमा रसियाको फिस्ट ओलम्पिक रंगशालामा सुरु हुनेछ ।
Comments