१ असार । २१औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र रसिया विजयी भएको छ । हिपो राति भएको पहिलो खेलमा रसियाले साउदी अरवलाई ५–० ले पराजित गरेको हो ।
लुन्जिकी रंगशालामा भएको उद्घाटन खेलमा आयोजक रसियालाई जिताउन डेनिस चेरिशेभले २ गोल गरे । त्यस्तै, युरी गजिन्स्की, आर्टिम ज्युबा र एलेक्जेन्डर गोलोभिनले एक एक गोल गरे ।
खेलको १२औं मिनेटमा गजिन्स्कीले गोल गर्दै रसियाले अग्रता लिएको थियो । खेलको ४३ औं मिनेटमा चेरिशेभले गोल गर्दै रसियालाई पहिलो हाफसम्म २–० गोलको अग्रतामा पु¥याए ।
खेलको ७१औं मिनेटमा आर्टिम ज्युबाले गोल गर्दै ३–० गोलको अग्रतामा पु¥याएका थिए । खेलको अतिरिक्त समयमा चेरिशेभले गोल गर्दै ४–० गोलको अग्रतामा घरेलु टोलीलाई पु¥याएका थिए । खेल सकिन अन्तिम समयमा एलेक्जेन्डर गोलोभिनले उत्कृष्ट फ्रिकिकबाट गोल गर्दै रसियाले ५–० ले जित दर्ता गर्दै ३ अंक हात पार्यो ।
यो सन् १९३४ यता आयोजक राष्ट्रले उद्घाटन खेलमा हात पारेको सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि सन् १९३४ मा इटालीले अमेरिकालाई ७–१ ले हराएको थियो ।
Comments