३ जेठ । आगामी महिना रूसमा सुरू हुने विश्वकप फुटबलका लागि ब्राजिलले आफ्नो टिम घोषणा गरेको छ । जुन १४ देखि सुरू हुने विश्वकपका लागि नेइमारसहित २३ सदस्यीय टोली घोषणा गरेको हो ।
ब्राजिलले सार्वजनिक गरेको राष्ट्रिय टोलीमा घाइते रहेका २६ बर्षीय फरवार्ड नेयमार अटाएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का नेयमार पछिल्लो केहि महिनाबाट मैदानमा नदेखिएपनि प्रशिक्षक टिटेले टोलीमा राखेका छन् । नेयमारले गत फागुनमा मार्सेलीविरुद्धको खेलमा चोट बेहोरेका थिए । तर, यो पटक ब्राजिलको टोलीमा पिएसजीकै डिफेन्डर ड्यानी अल्भेसले भने चोटका कारण टोलीमा परेनन् ।
को को परे ब्राजिलको टिममा ?
फर्वार्ड : नेइमार, टाइसन, गाब्रिएल जिसस, रोबर्टो फिरमिनो
मिडफिल्डर : कासेमिरो, फरनान्डिन्हो, पाउलिन्हो, फ्रेड, रेनाटो अगस्टो, फिलिप कोन्टिन्हो, विलियन, डुग्लस कोस्टा
डिफेन्डर : डानिलो, फाग्नर, मार्सेलो, फिलिप लुइस, थिएगो सिल्भा, मार्क्युइनहोस, मिरान्डा, पेड्रो गेरोमेल
गोलरक्षक : एलिसन, एण्डर्सन, कासिओ
विश्वकपका लागि समूह इ मा रहेको ब्राजिलले कोस्टारिका, सर्बिया र स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। उसले आफ्नो पहिलो खेल जुन १७ मा खेल्नेछ। (एजेन्सी)
Comments