२९ फागुन । इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले रेलिगेसन जोनको स्टोक सिटीलाई २ – ० ले हराएको छ ।
स्टोकको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीका लागि डेभिड सिल्भाले दुई गोल गरे ।
यो जितसँगै म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । म्यानचेस्टर सिटीले लिगमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडमाथि १६ अंकको अग्रता बनाएको छ । म्यानचेस्टर सिटीले अब दुई खेल जिते उपाधि आफ्नो बनाउने छ ।
जितपछि म्यानचेस्टर सिटीले लिगको ३० खेलमा ८१ अंक जोडेको छ । दोस्रो स्थानको म्यान्चेष्टर युनाइटेडको समान खेलमा ६५ अंक छ । पराजित स्टोक २७ अंक जोडेर लिगको पुछारबाट दोस्रो स्थानमा छ । (एजेन्सी)
म्यानचेस्टर सिटीलाई १६ अंकको अग्रता
0
Share.
Comments