फागुन २८ । लिभरपुललाई पछि पार्दै टोटनह्याम इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । गएराति बर्नमाउथलाई उसकै मैदानमा ४–१ गोलले हराउँदै टोटनह्याम अंक तालिकामा तेस्रो स्थानमा माथि उक्लिएको हो ।
टोटनह्यामका लागि ३५ औं मिनेटमा बामीदे, ६२ औं र ८७ औं मिनेटमा सोन हुइङ मिन र ९१ औं मिनेटमा सर्जी औरियरले गोल गरे । बर्नमाउथका लागि खेलको सातौं मिनेटमै जुनियर स्टानिलासले गोल गरे ।
टोटनह्यामको लिगमा ३० खेलबाट ६१ अंक भएको छ भने समान खेलबाट ६० अंक रहेको लिभरपुल चौथो स्थानमा झरेको छ । (एजेन्सी)
टोटनह्याम तेस्रो स्थानमा उक्लियो
0
Share.
Comments