एजेन्सी, २८ मंसिर । इंगलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र म्यान्चेष्टर युनाइटेड आ आफ्नै खेलमा विजयी भएका छन् । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले स्वान्सीलाई ४ शुन्यले तथा म्यानचेस्टर युनाइटेडले बर्न माउथलाई १ शुन्यले हराएको हो ।
सिटीको जितमा सिल्भाले २ तथा केभिन डे ब्रायन र अग्युइरोले एक एक गोल गरे । यस्तै, युनाइटेडको जितमा लुकाकुले एक गोल गरे ।
गएराती नै भएका अन्य खेलमा लेष्टर सिटीले साउथ ह्याम्पटनलाई ४ –१ ले हरायो । त्यस्तै एभर्टनले न्यु क्यासललाई १ शुन्यले, टोटनह्यामले ब्राइटलाई २ शुन्यले हराए । आर्सनल भने वेष्टह्यामसँग गोल रहित बराबरीमा रोकियो ।
सिटी र युनाइटेडले विजयी
0
Share.
Comments