एजेन्सी, २७ मंसिर । प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । गए राति भएको खेलमा साविक विजेता चेल्सीले हडर्सफिल्डलाई ३–१ ले हराएको छ ।
चेल्सीका लागि टेमो बाकायोके, विलियन र पेड्रोले एक एक गोल गरे । यस्तै, हडर्सफिल्डका लागि लरेन्ट डेपोएट्रेले एक गोल गरे ।
जितसँगै चेल्सी तालिकाको तेस्रो स्थानमा यथावत् छ । गए राति भएको अन्य खेलमा बर्नलीले स्टोकलाई १–० ले हरायो भने क्रिस्टल प्यालेस वाटफोर्डसँग २–१ ले विजयी रह्यो ।
चेल्सीले हडर्सफिल्डलाई हरायो
0
Share.
Comments