काठमाडौं । युइएफए च्याम्पियन्स लिगको समूह चरणको खेलमा इंग्लिस क्लब चेल्सीले इटालियन प्रतिद्वन्द्वी युभेन्ट्समाथि सानदार जित निकालेको छ ।
मंगलबार राति घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले युभेन्ट्समाथि ४–० को सानदार जित निकालेको हो ।
चेल्सीका लागि ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले एक एक गोल गरे ।
खेलको २५ औं मिनेटमा ट्रिभोअ चालोवाहले गोल गर्दै अग्रता दिलाएका थिए । ५५ औं मिनेटमा रिस जेम्सले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । ५८ औं मिनेटमा कलुम हड्सन ओडोइले गोल गर्दै चेल्सीलाई ३–० को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा टिमो वेर्नरले गोल गर्दै चेल्सीलाई फराकिलो जित दिलाए ।
जितपछि समूह ‘एच’ मा चेल्सीले युभेन्ट्सलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ । दुवै टोलीको समान १२ अंक भएपनि हेड टु हेड र गोल अन्तरमा पराजित युभेन्ट्स दोस्रो स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर ०८ बुधबार
Comments