काठमाडौं, १४ चैत । एसीसी इमर्जिङ नेशन्स कपको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान यू–२३ टोलीसँग ६ विकेटले पराजित भएको छ ।
बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले दिएको १८१ रनको लक्ष्य पाकिस्तानी टोलीले ४६औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका कप्तान ज्ञानेन्द्र मल्लले पार्टटाइम बलरको रुपमा २ विकेट झारे भने युवा स्टार सन्दिप लामिछानेले पनि २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले औषत प्रदर्शन गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर १८० रन बनाएको थियो ।
प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भोलि बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित
0
Share.
Comments