काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज बिहीबार दुई खेलहरु हुँदैछ । पहिलो चरण अन्तर्गत समूह ‘बी’ को दुबै खेल ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा हुनेछ। आज हुने पहिलो खेलमा बंगलादेश र पपुवा न्यू गिनी (पीएनजी) भिड्ने छन् ।
दुई टोलीबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा ओमान र स्कटल्यान्ड भिड्दै छन् । यस खेल राति ७:४५ बजे सुरु हुनेछ । स्कटल्यान्ड ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
ओमान २ अंक जोडेर दोस्रो र बंगलादेश २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पीएनजी अंक विहीन रहदै पुछारमा रहेको छ ।
प्रकाशित मितिः २०७८ कार्तिक ०४ बिहिबार
Comments