काठमाडौं । फिफा विश्वकप फुटबलको युरोपियन छनोटमा वेल्सले साँघुरो जित निकालेको छ । सोमबार राति भएको खेलमा वेल्सले इस्टोनियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
वेल्सको जितमा केइफर मोरेले निर्णायक गोल गरे । उनले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । यस जितसँगै वेल्सले विश्वकपमा छनोट हुने सम्भावना कायम राखेको छ ।
समूह ई को वेल्सले ६ खेलमा ११ अंक जोडेको छ । वेल्स समूहको तेस्रो स्थानमा रहेको छ ।
इस्टोनिया ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
विश्वकप छनोट अन्तर्गत नै नर्वेले मोन्टेनेग्रोलाई २-० ले हराएको छ ।
टर्कीले लाटभियालाई २-१ ले हराएको छ ।
प्रकाशित मितिः २०७८ असोज २६ मंगलबार
Comments