काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आज दोस्रो खेल आयोजक ओमानविरुद्ध खेल्दै छ । ओमानविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् ।
यस घि नेपालले सोमबार ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएर सिरिजमा विजयी शुरुवात गरेको छ । त्यसअघि नेपालले पपुवा न्यूगिनीविरुद्धको २ खेलको सिरिजमा पनि २(० को जित हासिल गरेको थियो ।
प्रकाशित मितिः २०७८ भाद्र २९ मंगलबार
Comments