काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनका खेल आज मङ्गलवारदेखि सुरु हुँदैछ । सुरुवाती ३२ अन्तर्गत आज राति आठ वटा खेल हुँदैछन् ।
आज राति साढे १० बजे सेभिल्ला र आरबी साल्जबर्ग तथा योङ ब्वाइज र म्यानचेस्टर युनाइटेड खेल्नेछन् । यसै महिना इटली क्लब युभेन्ट्सबाट इङ्ग्लिस क्लब युनाइटेड आएका क्रिस्टियानो रोनाल्डोले पनि आज खेल्ने सम्भावना छ ।
यस्तै च्याम्पियन्स लिगमा राति पौने एक बजे वुल्भ्सबर्ग र लिल, भिल्लारियल र एटलान्टा, चेल्सी र जेनिथ सेन्ट पिटरबर्ग्स, माल्मो र युभेन्ट्स, बार्सिलोना र बार्यन म्युनिख तथा डाइनाभो किभ र बेन्फिका खेल्दैछन् ।
युरोपेली क्लब फुटबलको सबैभन्दा चर्चित यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजन २०२१/०२२ आजदेखि सुरु हुन लागेको हो ।
च्याम्पियन्स लिगको गएको संस्करणमा म्यानचेस्टर सिटलाई एक–शून्य गोलले हराउँदै चेल्सी विजेता बनेको थियो । २०११र०१२ मा पहिलो पटक विजेता बनेको चेल्सीले गएको संस्करणमा दोस्रो पटक ट्रफी उचालेको थियो ।
प्रकाशित मितिः २०७८ भाद्र २९ मंगलबार
Comments