काठमाडौं । सानिमा बैंकको ऋणपत्र आइतवार नेपाल स्टक एक्सचेञ्ज ( नेप्से ) मा सूचीकृत भएको छ । कम्पनीको ३० लाख ५२ हजार ४०४ कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब यो ऋणपत्र हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा वि.सं २०८७ सम्मका लागि ऋणपत्र निष्कासन गरेको हो ।
फागुन ९ गते उक्त कम्पनी र र नेप्से बीच ऋणपत्र सूचीकरण सम्झौता भएको हो । सूचीकरण सम्झौता भएको दोस्रो दिन अर्थात् सोमवारदेखि कम्पनीको ऋणपत्र दोस्रो बजारमा खरीदविक्री गर्न सकिने छ ।
प्रकाशित मितिः २०७७ फागुन ०९ आइतबार
Comments