काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन १ सय र चाँदी १० रुपैयाँले बढेको हो ।
मंगलबार ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार १ सय रुपैयाँले बढेर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ पुस २९ बुधबार
Comments