काठमाडौं । आइतबार तोलामा २ हजार ३ सय रुपैयाँले आइतबार ओरालो लागेको सुनको मूल्य सोमबार पुनः ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै सोमबार तेजाबी सुनको मूल्य लागि प्रतितोला ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ । तेजाबी सुन आइतबार भने प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै सोमबार चाँदीको भाउ पनि प्रतितोदा ४० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार १ हजार २ सय ३० रुपैयाँ कायम गरिएको छ ।
प्रकाशित मितिः २०७७ २७ पुस सोमबार
Comments