काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७० अंकले बढेको छ। कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक ७० अंकले बढ्दै दुई हजार ७१ अंकमा पुगेर रोकिएको छ। यस क्रममा एक करोड ५५ लाख कित्ता सेयर किनबेच भई सात अर्ब ४६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।
नेप्से परिसूचक ७० अंकले बढे पनि आज व्यापार समूह ओरालो लागेको छ। व्यापार समूहको परिसूचक १६ अंकले घट्नुबाहेक अन्य सबै समूहको सूचकमा सुधार आएको छ।
आज सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको सूचक ६०८ अंक, उत्पादनमूलक समूहको ३०३ र निर्जीवन बीमा कम्पनीको सूचक २४४ अंक बढेको छ।
प्रकाशित मितिः २०७७ मंसिर १७ बुधबार
Comments