भक्तपुर । भक्तपुरमा बढ्दो कोरोना भाइरस कोभिड १९ रोकथाम र नियन्त्रण गर्न भक्तपुर नगरपालिकालाई भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले १० लाख आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरेको छ ।
भक्तपुर बचतका अध्यक्ष बलराम प्रजापतिको नेतृत्वमा आएको कार्यकारी समिति टोलीले १० लाखको आर्थिक सहयोग रकमको चेक नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गरे ।
भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग पश्चात प्रमुख सुनिल प्रजापतिले कोषमा जम्मा भएको रकम जनहितमा उपयो गरिने बताए ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिले आर्थिक सहयोग हस्तान्तरण गर्दै भक्तपुर नपाको सहयोग आह्वानलाई सहर्ष स्वीकार गरी संस्थाको सञ्चालित समितिको बैठकले सामुदायिक विकास कोषको रकम नपाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्ने निर्णयअनुरुप सो रकम हस्तान्तरण गरेको बताए ।
Comments