काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ४.४७ अंकले घटेको छ । आज ११ बजे १५४०.५१ को बिन्दुबाट सुरु भएको कारोबार ३ बजे सम्म आउँदा ०.२९ प्रतिशतले घटेर १५३६.०३ को बिन्दुमा पुगेको छ ।
त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये ३ उपसमुह भने हरियोमा नै कायम रहेका छन ।
आज कारोबारमा अन्तिम समयसम्म आएका १९१ कम्पनीको ५७ लाख २३ हजार ५६३ कित्ता शेयर २८ हजार १४४ पटक खरिद विक्री हुदाँ १ अर्ब ८० करोड १ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रकाशित मितिः २०७७ भदौ ३० मंगलबार
Comments