काठमाडौं । आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
यसैगरी तेजावी सुन प्रति तोला ९० हजार ८ सय ६० रुपैयाँमा कारोबार भैरहको छ । चाँदी स्थिर रहँदै आज प्रति तोला नौ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
यसअघि शुक्रबार सुन तोलाको ९१ हजार एक सय रुपैयाँ कायम भएको थियो । कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर रहेको छ ।
प्रकाशित मितिः २०७७ असार १५ सोमबार
Comments