काठमाडौं । आज सोमबारबाट सेयरबजार खोलिने भएको छ । कोरोना भाइरस महामारीका कारण सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेसँगै बन्द भएको सेयर बजार तीन महिनाभन्दा लामो समयपछि सोमबारबाट पुनः खोलिने भएको छ ।
यसअघि दुई दिन खुलेको सेयरबजार पुनः बन्द गरिएको थियो । सरकारले असार १ देखि नै लकडाउन खुकुलो बनाए पनि धितोपत्र बोर्डले सेयर बजारमा ठूलो गिरावट आउनसक्ने भन्दै सेयर बजार खोल्न अनुमति दिएको थिएन ।
लगानीकर्ताको चौतर्फी दबाब आज १५ असारदेखि सेयर बजार खोल्न निर्देशन दिएको हो ।
प्रकाशित मितिः २०७७ असार १५ सोमबार
Comments