काठमाडौं । नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको जनाएको छ । पछिल्लोपटक भारतीय आयल कर्पोरेशन आइओसीबाट प्राप्त नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ५६ पैसा बढेर आएको भए पनि कोभिड–१९ को विषम परिस्थितिका कारण तत्काललाई मूल्य समायोजन नगरिएको निगमले जनाएको हो ।
आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजलमा प्रतिलितर २८ पैसा घटेर आएको छ । आइओसीले हरेक १५ र १५ दिनमा पठाउने नयाँ मूल्य सूची अनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । कोभिड–१९ को जोखिमmलाई मध्यनजर गर्दै सरकारले झण्डै ५५ दिनदेखि लकडाउन गरेसँगै नेपालमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै घटेको छ ।
प्रकाशित मितिः २०७७ जेठ ३ शनिबार
Comments