काठमाडौँ ४ साउन । साताको छैठौं दिन आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । छापावाला सुन प्रति तोला ५६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन पनि स्थिर रहँदै ५६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीमा ५ रुपैयाँले घटेर प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Comments