काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ८ सय रुपैयाँले बढेको हो ।
बिहीबार प्रतितोला एक लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज शुक्रबार ८ सय रुपैयाँले बढेर एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने आज स्थिर रहेर प्रतितोला १ हजार ३६० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७९ चैत्र १० शुक्रबार
Comments