काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको असोज १ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा असोज २४ कम्पनीको रजिष्टर्ड कार्यालय, चन्डोल, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि पेश हुनेछ ।
यसका साथै, सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफानोक्सान हिसाब, तथा सोहि अवधिको नगदप्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गर्नुका साथै लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।
प्रकाशित मितिः २०७८ असोज ३ आइतबार
Comments